काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को छैठौँ दिन आज दुई खेल हुँदैछ । आज पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्ने छन् भने देस्रो खेलमा काठमाण्डू गोर्खाजले विराटनगर किंग्सको सामना गर्नेछ ।
आज पहिलो खेला ११ः४५ बजे र दोस्रो खेल साँझ ४ बजे भइरहेकोमा आज पहिलो खेल ११ः१५ बजे र दोस्रो खेल साढे ३ बजे हुनेछ । कर्णाली याक्स आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो भने याक्सका प्रतिद्वन्द्वी लुम्बिनी लायन्सले चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो । कर्णालीले हालसम्म कुनै अंक बटुलेको छैन भने लुम्बिनीले १ खेलबाट २ जोडेको छ।
साँझ साढे ३ बजे हुने खेलमा काठमाण्डू गोर्खाजले बिराटनगर किंग्सको सामना गर्दैछ । दुई खेल खेलेर १ मा जीत र १ मा हार व्यहोरेको काठमाण्डूले आज विराटनगरसँग तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको विराटनगर भने दोस्रो खेल खेल्दैछ । यी दुबै टोलीको समान २ अंक छ । यद्यपि, काठमाण्डूले २ खेलबाट २ अंक जोडेको हो भने विराटनगरले १ खेलबाट २ अंक जोडेको छ ।