
काठमाडौं । आन्तरिक पर्यटकको एक गन्तव्य हो ’शैलुङ’ । सय थुम्काको डाँडा हो ’शैलुङ’ । तामाङ भाषामा ’शै’ को अर्थ सय र ’लुङ’को थुम्को भन्ने बुझिन्छ यसै शाब्दिक अर्थबाट नै शैलुङ बनेको किम्वदन्ती छ ।
पश्चिमको अन्नपूर्ण, मनास्लु, लमजुङदेखि गणेश हिमाल, लाङटाङ, गौरीशङ्कर, सगरमाथा र नुम्बुर तथा तिब्बत क्षेत्रको हिमालको पनि अवलोकन गर्न सकिने सकिने शैलुङ समुद्री सतहबाट ३१५० मिटरमा अवस्थित छ । प्राकृतिक बनोटसँगै धार्मिक स्थलहरु पनि धेरै पाइन्छ, यहाँ भीमसेनको तरबारको आकृति, बुद्धको पाइला, गाई ढुङ्गा, बाघ ढुङ्गा, जुरे ढुङ्गाको आकृतिसँगै अरु धार्मिक स्थलहरु पनि रहेका कारणले बाह्य तथा आन्तरिक पर्यटकहरु आकर्षक भइरहेको शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ बताउँछन् ।
दोलखा र रामेछापको सिमानामा पर्ने महाभारतअन्तर्गतको सबैभन्दा अग्लो शैलुङ डाँडाको ठूलो मैदानमा १०० फरकफरक आकृतिका थुम्का भएको शैलुङले त्यहाँ पुग्ने जोकोही पर्यटकलाई लोभ्याउने गरेको छ । शैलुङ पुग्न काठमाडौँबाट मुढे र चरिकोट हुँदै सिधै काठमाडौँबाट १२५ किलोमिटरको दूरीमा मुढे बजार हुँदै शैलुङको कालापानीसम्म यातायातमार्फत पुग्न सकिन्छ भने कालापानीबाट केही समय पैदलयात्रा गर्दै शैलुङ पुग्न सकिन्छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू