
काठमाडौं । एक दिनको विश्रामपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछ । अंक तालिकामा ४ अंक सहित शीर्ष स्थानमा रहेका विराटनगर किंग्स र सुदूरपश्चिम रोयाल्सको खेल आज हुँदैछ ।
नेट रनरेटका आधारमा पहिलो स्थानमा रहेको विराटनगर किंग्सले आजको पहिलो खेलमा जनकपुर बोल्ट्स विरुद्ध खेल्नेछ । एक मात्र खेल खेलेको जनकपुरले अहिलेसम्म कुनै अंक जोडेको छैन । उद्घाटन खेलमा जनकपुर बोल्ट्स काठमाण्डू गोर्खाजसँग पराजित भएको थियो। दुई खेलमा विजयी रहेको विराटनगर आज आफ्नो अपराजित यात्रालाई निरन्तरता दिनका लागि खेल्दैछ भने जनकपुर आफ्नो पहिलो जीतको खोजीमा छ ।
लुम्बिनी लायन्सलाई पराजित गरेपश्चात उच्च मनोबल बोकेको कर्णाली याक्सले आज हुने दोस्रो खेलमा सुदूरपश्चिमको सामना गर्दैछ । अंक तालिका अनुसार दोस्रो स्थानमा रहेको सुदूरपश्चिमले हालसम्म खेलेका दुई खेलमध्ये दुबै खेल जितेका छन् भने कर्णाली याक्स आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग पराजित भएको थियो । आजको पहिलो खेल बिहान ११ः४५ मा सुरु हुनेछ भने दोस्रो खेल साँझ ४ बजे शुरु हुनेछ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू