
काठमाडौं । काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा दोस्रो जित हात पारेको छ । मंगलबार कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदामा भएको खेलमा काठमान्डुले लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको हो ।
चार खेल खेलिसकेको काठमान्डुले दोस्रो जितपछि ४ अंक जोडेर तेस्रो स्थानमा छ । पहिलो खेलमा जनकपुर बोल्ट्सलाई पराजित गरेपछि काठमान्डु सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्ससँग लगातार पराजित भएको थियो । लुम्बिनीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो खेलमा कर्णाली याक्ससँग पराजित भएको थियो । काठमान्डुले दिएको १५९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.१ ओभरमा सबै विकेट गुमाएर १३५ रनमै अलआउट भयो । लुम्बिनीका लागि शेर मल्लले सर्वाधिक २७ र दिलीप नाथले २५ रन बनाए पनि त्यो जितका लागि पर्याप्त भएन । बलिङमा काठमान्डुका मिलिन्द कुमार र जेरार्ड एरासमसले दुई÷दुई तथा कप्तान करण केसी, शाहब आलम, सन्तोष यादव र रासिद खानले समान विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डूका लागि कप्तान करण केसी ३४ रनको पारी खेले । उनले ११ बलमा एक चौका र चार छक्का प्रहार गरे । ओपनर आकाश त्रिपाठीले ३२ रन बनाए । त्यस्तै सन्तोष यादवले २६ रन बनाउँदा मिलिन्द कुमार र जेरहार्ड इरसमस समान १७ रन बनाए । लुम्बिनीका लागि रुबेन ट्रम्पलम्यान, शेर मल्ल, रोहित पौडेल र गुल्बदिन नैवले दुई–दुई विकेट लिए ।













समाचार
पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ
डेढ महिनापछि टरिगाउँ विमानस्थलमा निगमको जहाज
वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा
बाढीले थुपारेको भग्नावशेष हटाउन ९४ अर्ब ४१ करोड लाग्ने
विदेशबाट फर्किएका युवा भेडापालनमा
पौवादुङमामा किसान र पालिकाको साझेदारीमा ‘गाई–भैंसी पकेट कार्यक्रम’
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन