काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले कागमान्डू गोर्खाजलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ । टस जितर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारीत २० ओभरमा ७ विकेट गुमाएर १४९ रन बनाएपछि काठमाडौंले उक्त लक्ष्य पाएको हो ।
कर्णालीका लागि गुल्सन झाले ४९ रनमा अविजित पारी खेले । त्यस्तै पवन सर्राफ ३५ रन बनाए । ओपनर मार्क वाट ३० रन बनाए । काठमान्डूका लागि रासिद खानले २ विकेट लिए । करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले समान एक विकेट आफ्नो नाममा गरे ।