काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन सोमबार नेप्से परिसूचक घटेर कारोबार भएको छ । सोमबारको कारोबार बन्द हुँदा परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ बिन्दुमा पुगेको हो । गत साताका सबै ५ कारोबार दिन बढेको बजारमा यो साताको दोस्रो दिन पनि घटेर कारोबार भएको छ । आज सेयर बजारमा १२६ कम्पनीको सेयर मूल्य घटेको छ भने १२४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ८ वटा कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटि भइन्डेक्स पनि १.७२ अंकले घटेर ४५५.२६ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको मात्रै बढेको छ । परिसूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । अघिल्लो दिन ७ अर्ब माथिको कारोबार भएको बजारमा आज भने करिब ५ अर्बको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३२४ कम्पनीका १ करोड ८ लाख ६० हजार ८१८ कित्ता सेयर ६० हजार ६२० पटक खरिद बिक्री हुँदा ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार ५८० रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा गिरावट आए पनि आज ४ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।