
वीरगञ्ज । पर्सा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धिप्रसाद पन्त (हरि) विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार पन्तले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गरेका हुन् ।
पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाएका छन् । यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् ।
पर्सा क्षेत्र नम्बर–१ मा कुल ८९ हजार ६ सय ३८ मतदाता रहेका थिए । तीमध्ये ६१ हजार ३ सय ६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पन्त २०८१ साल पुसमा रास्वपाको पर्सा जिल्ला सभापति भएका थिए ।
४६ वर्षीय पन्त सर्लाही जिल्लामा जन्मिए पनि लामो समयदेखि वीरगञ्जमा बसोबास गर्दै व्यावसायिक गतिविधिमा संलग्न छन् । उनी होटल तथा पर्यटन क्षेत्रका व्यवसायी हुन्। यसअघि होटल तथा पर्यटन व्यवसायी संघ, पर्साका अध्यक्ष रहिसकेका पन्त उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य तथा होटल–पर्यटन समितिका उपसंयोजकका रूपमा पनि सक्रिय थिए।
उनको बाल्यकाल संघर्षपूर्ण रह्यो। तीन वर्षको उमेरमै बाबु गुमाएपछि आमा सँगै रौतहट गएर चन्द्रपुरबाट माध्यमिक तहको शिक्षा पूरा गरे। त्यसपछि पुनः वीरगञ्ज फर्किएर आमासँगै संघर्ष र मेहनत गर्दै व्यवसायिक जीवन सुरु गरेका हुन्।
हाल वीरगञ्ज महानगरपालिकाका स्थायी बासिन्दा रहेका पन्त क्लासिक होटल र कन्ट्री इन होटल सञ्चालन गर्दै आएका छन्। होटल व्यवसायमा आबद्ध रहँदै उनले रास्वपाबाट राजनीतिक यात्रा सुरु गरेका हुन्।













समाचार
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने चार जना काठमाडौँ उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ
तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत
असम्भव भयो गगनको सर्वसम्मत बन्ने चाहना
तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुन्छ: महासङ्घ
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले के गर्दैछ ?
तीनकुने घटनामा आयोगको रिपोर्ट : सुरक्षा निकाय र प्रदर्शनकारी दुवैको कमजोरी
बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो
ढिकी–जाँतो विस्थापित हुँदा मौलिकता हराउने चिन्ता
दोहोरो वायुको प्रभाव कायमै : दुई प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर