
काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले पछिल्लो समय निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति बढ्दै गएको बताएकि छिन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको फ्युचर बैंकिङ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रको अधिकांश सूचकमा सुधार देखिएको देखिए पनि निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति बढ्दै गएको बताएकी हुन् ।
उनले डिजिटल बैंकिङ प्रणालीसँगै आर्थिक कारोबार सहज भए पनि वित्तीय अनुशासन र जोखिम व्यवस्थापनमा अझै ध्यान दिनुपर्ने आवश्यकता बताइन् । ‘मौद्रिक नीति आयो, बजेट आयो र दुबैमा बैंकिङ क्षेत्रलाई प्राथमिकतामा राखिएको छ,’ उनले भनिन, ‘अहिले कारोबार गर्न सजिलो भएको छ, तर सजिलोसँगै खर्च पनि बढिरहेको छ ।’
अहिलेको अवस्था मूल्यांकन गर्दा बैंकहरूमा निष्क्रिय कर्जाको मात्रा बढिरहेको छ । साथै गैरबैंकिङ सम्पत्तिको वृद्धि र कालोसूचीमा पर्ने ऋणीहरूको संख्या समेत बढ्दो क्रममा छ, जसप्रति समयमै ध्यान दिन जरुरी रहेको समेत उनले उल्लेख गरिन् । बैंकर र व्यवसायीको भूमिका छुट्याउने विषयमा समेत हाल छलफल भइरहेको उल्लेख गर्दै उनले थपिन्, ‘वित्तीय प्रणालीको विश्वसनीयता कायम राख्न सबैतर्फबाट उत्तरदायी भूमिका आवश्यक छ ।’













समाचार
एनसेल र नाटोबीच साझेदारी, नेपाल आउने पर्यटकहरूको दूरसञ्चार सेवामा पहुँच सहज हुने
एन्फा कार्यालयमा सीआईबीको छापा, कागजात नियन्त्रणमा
विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त
यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू
निजी क्षेत्रतर्फ कर्जा बढ्यो साढे २३ अर्ब
साझा यातायातको डिजिटल टिकटिङ प्रणालीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको सहकार्य
भदौमा १३६ उद्योगका लागि ६ अर्ब २७ करोड लगानी प्रतिबद्धता
प्रिमियममा आईपीओ ल्याउन लगातार ३ वर्ष नाफा अनिवार्य: धितोपत्र बोर्ड
५० रुपैयाँको नयाँ नोट आजदेखि प्रचलनमा
ट्रेजरी बिलमार्फत सरकारले २५ अर्ब ५३ करोड आन्तरिक ऋण उठाउँदै