काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले आफ्ना सेयरधनीहरुको हात खाली बनाएका छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
मंसिर १६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सोही निर्णय अनुसार कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण आगामि वार्षिक साधारण सभामा पेश गर्ने भएको छ ।