सेयर बजारमा दोहोरो अंकको गिरावट, ५ अर्ब माथिको कारोबार

काठमाडौं । बुधबार पनि सेयर बजार गिरावट आएको छ । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको हो ।

आज नेप्से परिसूचक १३.५२ अंकले घटेर २६३१.१७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १७७ कम्पनीका सेयर मूल्य घटेको छ भने ७४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै आज ७ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.०३ अंकले घटेर ४५०.९६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएको १३ उपसुचकमध्ये ९ वटाको सेयर मूल्य घटेको छ भने ४ वटाको मात्रै बढेको छ ।

परिसूचक दोहोरो अंकले घटेको दिन ५ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३३२ कम्पनीका १ करोड ८ लाख ७३ हजार ३७२ कित्ता सेयर ६७ हजार ४८५ पटक खरिद बिक्री हुँदा ५ अर्ब २३ करोड ५६ लाख ९९ हजार ३३७ रुपैयाँको कारोबार भएको । बजार दोहोरो अंकले घट्दा पनि ५ वटा कम्पनीमा भने सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार