सुनचाँदीको मूल्य घट्यो, तोलाको कति ? 

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ५३ हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलाको २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेर ३ हजार ३२५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार