सनुचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको ९०० रुपैयाँ र चाँदी तोलाको ७० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदी तोलामा ७० रुपैयाँले घटेर प्रतितोला ३ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको हो । अघिल्लो दिन चाँदीको मूल्य तोलामा ३ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार