
काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडको ७२ लाख ९३ हजार ७८४ कित्ता सेयरको लकइन अवधि आउँदो चैत १६ गतेबाट सकिंदैछ । हाल कम्पनीको संस्थापक सेयरधनीतर्फको ५९ लाख ८३ हजार ३२० कित्ता, आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ११ लाख ७३ हजार २०० कित्ता र कम्पनीमा कार्यरत कर्मचारीतर्फको १ लाख ३७ हजार २६४ कित्ता सेयर लकइनमा रहेको छ ।
कम्पनीले आईपीओ निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिले सामुहिक लगानी कोषतर्फको शेयर ६ महीनासम्म र संस्थापक, आयोजना प्रभावित र कर्मचारीतर्फको सेयर ३ वर्षसम्म कारोबार गर्न नमिल्ने गरी लकइनमा राख्नु पर्ने प्रावधान छ । सोही प्रावधान बमोजिम कम्पनीको उक्त सेयर लकइनमा रहेका छन्। लकइन अवधि समाप्त भएसँगै चैत १७ गतेदेखि उक्त शेयर कारोबार गर्न सकिनेछ तर कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूले भने कारोबार गर्न पाउने छैनन्।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै