काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अघिल्लो दिन पछि हालसम्मकै उच्च विन्दुमा पुगेको सुनचाँदीको मूल्य आज पनि फेरि नयाँ रेकर्ड कायम भएको हो ।
आज सुन तोलाको १ हजार ९०० रुपेयाँले बढेर तोलाको २ लाख ६० हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ५८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँल्े बढेर ३ हजार ८७० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।