
काठमाडौं । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ मा पहिलो जित निकालेको छ । दिल्ली क्यापिटल्स लाई केवल १ रनको अन्तरले हराउँदै गुजरातले पहिलो जित हात पारेको छ ।
गुजरातले दिएको २११ रनको लक्ष्य पछ्याउँदै दिल्ली क्यापिटल्सले अन्तिम ओभरसम्म खेलमा रह्यो । तर अन्तिम क्षणको नाटकीय घटनाले खेलको निर्णय बदल्यो । डेभिड मिलर अन्तिम ओभरको दोस्रो बलमा २ रन चाहिनुहुँदा एक रन लिन चाहेनन् । यो निर्णय चर्चा बिषय बन्यो। अन्तिम बलमा प्रसिद्ध कृष्णा ले बाउन्सर फाल्दा मिलर त्यसलाई प्रहार गर्न सकेनन् ।
त्यसपछि जोस बटलर ले स्टम्प पछाडिबाट अ थ्रो गर्दै कुलदीप यादव लाई रन आउट गरेर गुजरातको जित निश्चित गरे। मैदानमा रन आउट भए पनि मिलरले अन्तिम बलको वाइडको सम्भावनाका लागि रिभ्यु गरे । रिभ्यू सफल भएन । पहिला ब्याटिङ गरेको गुजरातले ४ विकेटको नोक्सानीमा २ सय १० रन बनायो। कप्तान शुभमन गिल, जोश बटलर र वासिङ्टन सुन्दरले अर्धशतक बनाए ।४५ बल खेलेका गिलले ५ छक्का र ४ चौकासहित टोलीका लागि सर्वाधिक ७० रन बनाए ।
२७ बलमा बटलरले ५ छक्का र ३ चौकासहित ५२ र वासिङ्टनले ३२ बलमा ६ चौका र २ छक्कासहित ५५ रन जोडे। दिल्लीका मुकेश कुमारले २ विकेट लिए । जवाफमा दिल्लीले ८ विकेटको क्षतिमा २ सय ९ रन बनायो । दिल्लीका ओपनर केएल राहुलको ५२ बलमा ११ चौका र २ छक्कासहित ९२ रन छाँयामा पर्यो ।
अर्का ओपनर पाथुम निसंका र डेभिड मिलरले समान ४१ रन बनाए । निसंकाले २४ बलमा ६ चौका र १ छक्का तथा नटआउट रहेका मिलरले २० बलमा समान ३ छक्का र चौका प्रहार गरे । गुजरातका रशिद खानले ३ र प्रसिद्ध कृष्णले २ विकेट लिए । गुजरातको तेस्रो खेलमा यो पहिलो जित हो । दिल्लीले सुरुवातका दुई जितपछि पहिलो हार भोगेको छ ।













समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू