काठमाडौं । सातको कारोबार हुने अन्तिम नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलाको २ हजार रुपैयाँ र चाँदीको मूल्य ७५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ५८ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा ७५ रुपैयाँले घटेर ४ हजार ५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ८० रुपैयाँ रहेको थियो ।