प्रि ओपन सेसनमा झिनो अंकले घट्यो नेप्से 

काठमाडौं ।  साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब स्थिर रहेको छ । अघिल्लो कारोबार दिन अर्थात आइतबार १९.९२ अंक घटेर २५९५.१० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.०१ अंक घटेर २५९५.०८ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.७३ अंक बढेको छ ।

सोमबार प्रि ओपन सेसनमा ५१ स्टकको ७६ पटकको कारोबारमा १६ लाख ५७ हजार ९२६ रुपैयाँ ५० पैसाबराबरको २ हजार ७३६ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १७ स्टकको मूल्य बढेको छ भने २९ स्टकको मूल्य घटेको छ । बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार