
काठमाडौं । आएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (आव) २०८२/०८३ को दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको तुलनामा नाफा सामान्य बढेको हो ।
कम्पनीले चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिमा २७ करोड ६ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा इन्स्योरेन्सको नाफा २६ करोड ७८ लाख रुपैयाँ रहेको थियो । गत आर्थिक वर्षको पुस मसान्तसम्मको अवधिको तुलनामा चालू आवको सोही अवधिमा कम्पनीको नाफा १.०४ प्रतिशतले वृद्धि भएको हो ।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन २ अर्ब ३३ करोड ९३ लाख रुपैयाँबाट ३६.४५ प्रतिशतले बढेर ३ अर्ब १९ करोड २१ लाख रुपैयाँ पुगेको छ भने लगानी तथा कर्जाबाट प्राप्त हुने ब्याज ६६ करोड ८८ लाख रुपैयाँबाट ७ प्रतिशतले बढेर ७१ करोड ५५ लाख रुपैयाँ नाघेको छ । त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३ अर्ब १४ करोड ६५ लाख रुपैयाँबाट २७.५९ प्रतिशतले बढेर ४ अर्ब १ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने कुल खर्च २ अर्ब ८७ करोड ८७ लाख रुपैयाँबाट ३० प्रतिशतले बढेर ३ अर्ब ७४ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी कम्पनीले व्यवसाय विस्तारका लागि अभिकर्तालाई दिइएको कमिशन बापतको रकम २२ करोड २ लाख रुपैयाँबाट २९ प्रतिशतले बढाएर २८ करोड ४२ लाख रुपैयाँ पुर्याएको छ भने कर्मचारीको तलबभत्ता र सेवासुविधामा खर्चिएको रकम पनि १९ करोड ७८ लाख रुपैयाँबाट बढाएर २२ करोड ७१ लाख रुपैयाँ पुर्याएको तथ्यांकले देखाएको छ ।
समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार १० अर्ब ८७ करोड २६ लाख रुपैयाँबाट ४१.२७ प्रतिशतले बढेर १५ अर्ब ३६ करोड नजिक पुगेको छ । चुक्ता पुँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको सेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोषमा २९ करोड रुपैयाँ र जगेडा कोषमा ४३ करोड ४२ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल सम्पत्ति २१ अर्ब २३ करोड ३९ लाख रुपैयाँबाट बढेर २३ अर्ब ३ करोड ८५ लाख रुपैयाँ नाघेको छ ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि