
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ स्टक एक्सचेन्जमा अर्बौको भ्रष्टाचार भइरहेको बताएका छ । सोमबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष दाहालले विचौलियाको सेटिङका आधारमा अर्बौँको भ्रष्टाचार भइरहेको बताएका हुन् ।
नयाँ स्टकको लाइसन्स वितरणमा विचौलियाले खेलिरहेको उनको भनाइ थियो ‘अहिले फेरि नयाँ स्टक एक्सचेन्जका लागि निक्कै ठूलो चलखेल भैरहेको छ । के अहिलेको सरकार लाइसेन्स लिन तयार रहेका कम्पनीहरुको प्रकृया रोकेर भ्रष्टाचार रोक्न तयार छ ?,’ उनले प्रश्न गरे । उनले सार्वभौम संसदलाई पनि बिचौलियाहरुको खेल मैदान बनाउन लागिएको आरोप समेत लगाए ।
‘यो दुर्भाग्यपुर्ण छ । गत वर्ष मैले विश्वासको मत लिने क्रममा भनेको थिए । त्यतिबेला मलाई सत्ता छाड्दाको पिडा पोख्यो भनेर भनियो । तर अहिले यो एक वर्षमा सरकारले बिचौलियाहरुको नाममा जे–जे काम गरे । सरकार दलाल र बिचौलियाको पक्षमा छ,’ उनले भने ।












समाचार
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात