
काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा खुद नाफामा उछाल आएको छ। कम्पनीको खुद नाफा ४२ लाख रुपैयाँबाट ३४६ प्रतिशतले बढेर १ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।
त्यसैगरी गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको पुुस मसान्तसम्म कम्पनीको आम्दानीमा पनि उल्लेख्य वृद्धि भएको वित्तीय विवरणले देखाएको छ। कम्पनीको खुद ब्याज आम्दानी ३३ करोड ४७ लाख रुपैयाँबाट ६४ प्रतिशतले बढेर ५५ करोड १० लाख रुपैयाँ नाघेको छ ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ३७ करोड ७४ लाख रुपैयाँबाट बढेर ६१ करोड २३ लाख रुपैयाँ नाघेको छ भने सञ्चालन खर्च ४३ करोड ४ लाख रुपैयाँबाट ४४ करोड ३४ लाख रुपैयाँ नाघेको छ। यसै अवधिमा कम्पनीको सञ्चालन नाफा ५९ लाख रुपैयाँबाट बढेर ३ करोड ५९ लाख रुपैयाँ नाघेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ०.२४ रुपैयाँबाट बढेर १.०८ रुपैयाँ कायम भएको छ भने खराब कर्जा १३.३७ प्रतिशतबाट बढेर १७.३८ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२२.३० रुपैयाँ रहेको छ । चुक्ता पुँजी १ अर्ब ७३ करोड रुपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ३९ करोड रुपैयाँ ऋणात्मक छ भने रिजर्भमा ७८ करोड रुपैयाँ सञ्चित रहेको छ। कम्पनीले १८ अर्ब ७८ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम