
काठमाडौं । हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको उच्च नोक्सानीमा रहेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २ अर्ब भन्दा बढीले नोक्सानीमा रहेको हो ।
कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्मको अवधिमा २ अर्ब ३३ करोड ६२ लाख रुपैयाँले नोक्सानीमा रहेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनी १ अर्ब ३९ करोड ३ लाख रुपैयाँ खुद नाफामा रहेको थियो । समीक्षा अवधिमा कम्पनीको आम्दानीमा आएको संकुचन र खर्चमा भएको उल्लेख्य वृद्धिका कारण नै कम्पनी नोक्सानीमा गएको हो ।
कम्पनीको कुल आम्दानी ९.३७ प्रतिशतले घटेर ७ अर्ब ५७ लाख रुपैयाँमा सीमित भएको छ भने कुल खर्च ८०.९६ प्रतिशतको ठूलो अन्तरले बढेर १० अर्ब ४४ करोड ८६ लाख रुपैयाँ पुगेको छ । यसैगरी कम्पनीको खुद बीमाशुल्क आर्जन पनि अघिल्लो वर्षको तुलनामा ५.६९ प्रतिशतले घटेर ६ अर्ब १ करोड ५६ लाख रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ३३.६४ प्रतिशतले बढेर ३ अर्ब ४४ करोड ९० लाख रुपैयाँ पुगेको छ । यसका साथै लगानीबाट हुने आम्दानीमा पनि २७.३० प्रतिशतको गिरावट आएको छ । आम्दानी र नाफा घट्दा कम्पनीको सञ्चित नाफा (रिटेन्ड अर्निङ) समेत ३ अर्ब २८ करोड ६ लाख रुपैयाँले ऋणात्मक हुन पुगेको छ ।
वित्तीय सूचकहरू नकारात्मक बन्दा कम्पनीको प्रतिसेयर आम्दानीमा पनि ठूलो असर परेको छ । गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५० पैसाले ऋणात्मक रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा १२ रुपैयाँ ७९ पैसाले धनात्मक रहेको थियो । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ५८ पैसा कायम भएको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको महाविपत्ति कोषको आकार पनि २७.०८ प्रतिशतले घटेर १४ करोड ४४ लाख रुपैयाँमा खुम्चिएको छ ।













समाचार
भारत भ्रमणदेखि तल्लो अरुणसम्म, प्रधानमन्त्री कार्यालयका १५ प्रमुख काम सार्वजनिक
रनग रिन्पोछे “डोल्पो बुद्ध” को कृति ‘दीप’ सार्वजनिक हुँदै
दक्षिण कोरियाली संस्थाको सहकार्यमा बाढीपीडित परिवारलाई राहत
भोटेकोशी बाढीपीडितका लागि ब्रिटिश गोर्खासम्बद्ध संस्थाद्वारा ६२ लाखभन्दा बढी सहयोग हस्तान्तरण
रोमानियामा ६ सय नेपाली श्रमिक आन्दोलनमा, काम र तलब नपाएको गुनासो
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन