
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले पुस १३ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २६ लाख ७ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट मंसिर २२ गते अनुमति पाएको थिया े। अनुमति पाएसँगै कम्पनीले ११ लाख ८५ हजार कित्ता आईपीओ आयोजना प्रभावितका लागि र १ लाख ४२ हजार २०० कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेकाका लागि जारी गर्न लागेको हो।
आयोजना प्रभावितलाई छुट्याइएको आईपीओमा गोरखाको अजिरकोट गाउँपालिकाको सबै वडाहरू र लमजुङको दूधपोखरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ र दोर्दी गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन्। आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि र अधिकतममा ५० हजार कित्ता माग गर्न सकिनेछ। वैदेशिक रोजगारीमा रहेकाले पुस १७ गतेसम्म र आयोजना प्रभावितले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावितले कम्पनीको गोरखास्थित आयोजना कार्यालयका साथै प्रभु क्यापिटलको कमलादीस्थित कार्यालय तथा क्यापिटलले निर्माण गरेको अनलाइन लिंकबाट पनि आवेदन दिन सक्नेछन्। त्यसैगरी गोरखास्थित प्रभु बैंकको छेपेटार शाखा र पालुङटार शाखा मार्फत् पनि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र सिआस्वा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन्। पहिलो चरणको आईपीओ बाँडफाँड भइसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गरिनेछ ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो