दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम ४ अर्ब ७१ करोड

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.८३ अकंले घटेर २६२०.९२ बिन्दुमा कायम भएको छ । आज ३३६ कम्पनीको १ करोड १ लाख ५३ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ७१ करोडको सेयर कारोबार भएको हो ।
यसदिन १२ उपसूचक राताम्य भइरहेको छ । आज वाणिज्य बैंक समूहको ०.६४ प्रतिशत, विकास बैंक समूहको ०.४७ प्रतिशत, फाइनान्स समूहको ०.७४ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.४९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

बिहिबार ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने १८९ कम्पनीको घटेको छ । आज सबैभन्दा धेरै एसवाई प्यानलको सेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनकिा लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई सम्मुनत योजनका २ का इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार