काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलाको ३ हजार १०० रुपैयाँ र चाँदीको मूल्य १९५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ६८ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलामा १९५ रुपैयाँले बढेर ४ हजार ४८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ६८५ रुपैयाँ रहेको थियो ।