
काठमाडौं । नेपाल लाइफ समृद्धि लगानी योजना माघ ४ गतेदेखि निष्कासनमा आउने भएको छ । कोष प्रवद्र्धकमा नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापकमा नेपाल लाइफ क्यापिटल रही नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित योजना निष्कासनमा आउने भएको हो ।
यस योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले कुल १६ करोड इकाई बिक्रीमा आउनेछ। जसमध्ये २ करोड ४० लाख वा कुल बिक्री भएको इकाईको न्यूनतम १५ प्रतिशत इकाईमध्ये नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशत वा २ करोड २४ लाख इकाई र नेपाल लाइफ क्यापिटललाई १ प्रतिशत वा १६ लाख इकाई सुरक्षित गरिनेछ ।
बाँकी न्यूनतम १३ करोड १६ लाख इकाई भने सर्वसाधारणका लागि बिक्री खुला गरिने भएको हो । यसमा आवेदन दिंदा न्यूनतम १०० इकाईका लागि र अधिकतम १ करोड ६० लाख इकाईसम्म माग गर्न सकिनेछ । निष्कासन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ ।
यो बन्दमुखी प्रकृतिको योजना हो र यसको अवधि १० वर्ष रहेको छ। १० वर्ष पूरा भएपछि यो परिपक्व हुनेछ र त्यसपछि योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाई धनीहरूलाई समानुपातिक हिसाबले बाँडफाँड गरिनेछ । यो इकाई नेप्सेमा सूचीकृत गरी कारोबार हुने व्यवस्था पनि गरिनेछ ।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व