
काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । नेपाल प्रहरीले फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरीका लागि दरखास्त आह्वान गरेको हो ।
१८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका साधारण लेखपढ गर्न जान्ने, फौजदारी कसूरमा अदालतबाट सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, शारीरिक एवं मानसिक रूपले ठीक रहेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।
निर्वाचन प्रहरी भर्ना गर्दा पूर्व सुरक्षाकर्मी वा वन रक्षक, नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरीमा २०८१ माघ १ गतेदेखि २०८२ पुस मसान्तसम्म विभिन्न पदमा भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएका, यसअघि म्यादी प्रहरीमा भर्ना भई सन्तोषजनक काम गरेका र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवानिवृत्त भएका नेपाली नागरिकले प्राथमिकता पाउनेछन्।














समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो