
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्ष अवधिको १० अर्ब बराबरको ऋणपत्र जारी गर्ने भएको छ । मौद्रिक व्यवस्थापन विभाग, काठमाडौंले प्रकाशित गरेको सूचनाअनुसार २०८२ पुस २४ गते बोलकबोलमार्फत “नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ ‘च’ निष्कासन गर्ने भएको हो ।
सूचनाअनुसार ऋणपत्रको बोलकबोल पुस २४ गते मध्याह्न २ बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत मात्र हुनेछ । सोही दिन ऋणपत्र निष्कासन गरिनेछ भने सांवा भुक्तानी मिति २०८३ पुस २४ गते तोकिएको छ । ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने व्यवस्था गरिएको छ ।
बोलकबोलमा न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ । यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ । ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुव्याजदरमा पनि बोल गर्न सकिनेछ। यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। काउण्टरपार्टीले कबोल गर्न चाहेको रकम र ब्याजदर दशमलव पछिको चार अंकसम्म उल्लेख गर्नुपर्नेछ ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह