
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. कृष्ण पौडेल नियुक्त भएका छन्। कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले राजीनामा दिएपछि नेतृत्व रिक्त बनेको बोर्डमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डा. पौडेललाई निमित्त प्रमुखको जिम्मेवारी दिएको हो।
हाल स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुखको रूपमा कार्यरत डा. पौडेललाई बोर्डको नियमित कामकाज सञ्चालनका लागि आर्थिक र प्रशासनिक अधिकारसमेत प्रदान गरिएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य बीमा कार्यक्रम पछिल्लो समय गम्भीर संकटमा पर्दै गएपछि तत्कालीन कार्यकारी निर्देशक काफ्लेले पदबाट अलग हुने निर्णय गरेका थिए। बोर्ड नेतृत्वविहीन हुँदा बीमा कार्यक्रमको सेवा प्रवाह र भुक्तानी प्रक्रिया थप प्रभावित बनेको छ।
हाल देशभरका ५१० सेवा प्रदायक अस्पताललाई साढे १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी गर्न बाँकी रहेको छ। लामो समयदेखि भुक्तानी नपाउँदा कतिपय ठूला सरकारी अस्पतालले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत दिँदै आएको सेवा नै बन्द गरिसकेका छन्।













समाचार
नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने
करदाता प्रोत्साहन उपहार कार्यक्रमको प्राविधिक तयारी पूरा, शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने
लालीगुराँस र मनास्लु सेमिफाइनलमा
करिब ६४७ किलो गाँजासहित दुई जना पक्राउ
ट्रम्पको हेलिकप्टर यात्रुवाहक विमानसँग अत्यन्त नजिक पुगेको घटना छानबिनमा
आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण आवश्यक : अध्यक्ष अग्रवाल
लोअर ठुलोखोला जलविद्युत आयोजना निर्माणका लागि नेपाल बैंक र चितवन इनर्जीबीच कर्जा सम्झौता
नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदका लागि पाँच जना परे संक्षिप्त सूचीमा, २५ गते अन्तर्वार्ता हुने
सूचीकृत कम्पनीहरूलाई असोज मसान्तभित्र वार्षिक नवीकरण शुल्क बुझाउन नेप्सेको निर्देशन