सुनचाँदीको मूल्यमो नयाँ रेकर्ड, सुनको मूल्य तीन नाघ्यो 

काठमाडौं । साताको कारोबार हुने अन्तिम दिन सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । अघिल्लो दिन केही घटेको सुनको मूल्य आज ९ हजार २०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा २ लाख ९२ हजार २०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलाको ३२० रुपैयाँले बढेर ६ हजार १९० रुपैयाँ पुगेको छ । चाँदीको मूल्य पनि हालसम्मकै उच्च हो । अघिल्लो दिन चाँदी तोलाको ५ हजार ८७० रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार