काठमाडौं । यो साता नेप्से परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ । गत साता २६४१.४३ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साता २.७७ प्रतिशत अर्थात ७३.१८ अंक बढेर २७१४.६१ विन्दुमा पुगेको हो ।
यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने १ कारोबार दिन घटेको थियो । यस साता सेन्सेटिभ इण्डेक्स १०.६९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९६ अंक बढेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ६ अर्ब ५५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औषतमा ९ अर्ब ५६ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४५.८६ प्रतिशत बढेको हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ६१ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २९.५१ प्रतिशत बढेको छ ।
यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे २ प्रतिशतभन्दा बढी बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब ३५ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यस साता १ खर्ब २२ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५७ अर्ब रुपैयाँ पुगेको छ । यो साता १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक घटेको छ । यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ७.४८ प्रतिशत बढेको छ । गत साता २४२३.२६ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १८१.२० अंक बढेर २६०४.४६ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४२०.६० अंक बढेको छ । गत साता ८८२१.३१ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक, यस साता ४.७७ प्रतिशत बढेर ९२४१.९१ विन्दुमा पुगेको छ ।
यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.६२ प्रतिशत घटेको छ । गत साता ३८१०.०० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६१.६३ अंक घटेर ३७४८.३७ विन्दुमा झरेको छ । अंकका आधारमा पनि यस साता सोही उपसमूहको परिसूचक सबैभन्दा बढी घटेको छ ।