
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १४० रुपैयाँ र बिक्रीदर १४० रुपैयाँ ६० पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ र बिक्रीदर १६३ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ८३ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९० पैसा र बिक्रीदर १०९ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिदर ९ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९ रुपैयाँ ५३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ४ रुपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३८ रुपैयाँ २८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा, दक्षिण कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०३ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४ रुपैयाँ ६७ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ८४ पैसा र बिक्रीदर २१ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८ रुपैयाँ ०२ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ १० पैसा र बिक्रीदर ४६० रुपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३७२ रुपैयाँ ९१ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपैैयाँ ६४ पैसा र बिक्रीदर ३६५ रुपैयाँ १९ पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।












समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम