
काठमाडौं । प्रहरीले काठमाडौंको मुलपानीमा गोली चलाएर १० जना लुटेराहरुलाई समातेको छ । बुधबार राति कागेश्वरी मनहरा नगरपालिका– ६, मूलपानीमा प्रहरीले गोली हानेर संगठित रूपमा लुटपाट गर्ने १० जनालाई नियन्त्रणमा लिएको हो ।
उनीहरूमध्ये अधिकांश जेन–जी आन्दोलनका क्रममा प्रहरी हिरासतबाट भागेका थुनुवा हुन् । प्रहरीले चलाएको गोलीबाट घाइते भएका व्यक्ति प्रहरी वृत्त, महाराजगञ्जबाट भागेको खुलेको छ । धारिलो हतियारसहित समूह बनाएर हिँडेको उक्त गिरोहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले केही राउण्ड गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।
उनीहरूले मूलपानी चोकमा रात्रिकालीन चेकिङ ड्युटीमा बसेका प्रहरीमाथि राति १२ः१५ बजे दुव्र्यवहार गरेका थिए । उनीहरूको आक्रमणबाट दुई प्रहरी घाइते भएको प्रहरीको भनाइ छ ।
विगत एक महिनादेखि उक्त समूह त्यस क्षेत्रमा सक्रिय रहेको सूचना प्रहरीले पाएको थियो । एउटा मोटरसाइकलमा ३ जनाका दरले हिँड्ने सो समूहलाई नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी परिसर, भद्रकालीले विशेष अपरेशन टोली खटाएको थियो । बुधबार राति सोही टोलीले पिछा गर्ने क्रममा उनीहरु भागिरहेका थिए ।
प्रहरीस्रोतका अनुसार राति १० बजेपछि बाटोमा हिँड्ने एक्लो, दोकलो मान्छेलाई घेरा हाल्ने, शरीर छामछुम गर्ने र नगद तथा गरगहना लुट्ने काममा उनीहरू सक्रिय थिए । रातिको समयमै विभिन्न प्राइभेट गाडीलाई निगरानी गर्ने र बाटो छेकेर रोक्ने गर्थे । गाडी रोकेपछि चालकलाई नियन्त्रणमा लिएर नगद, मोबाइल र गरगहना लुट्ने गरेको प्रहरीले बताएको छ ।













समाचार
विश्वकप फाइनलमा निर्णायक गोल गरेका स्पेनका टोरेस पीएसजीमा अनुबन्ध
भोलि उपत्यकाका ७ ठाउँमा एलपी ग्यास बिक्री गरिने
सवारीसाधनमा एआई, सडकमा चुनौती : प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा मोबिलिटी एक्स्पोको भोलि अन्तिम दिन, पाँच दिनमै अवलोकनकर्ताको ‘टार्गेट क्रस’
मुस्ताङमा भन्सार जाँचबिनै भित्रिएका ८ कन्टेनर प्रहरी नियन्त्रणमा
काठमाडौंमा शनिबार एकै दिन ६ हजार ८०२ सिलिन्डर ग्यास बिक्री
अमेरिकालाई इरानको जवाफ– सोसल मिडियामा पोस्ट गर्दैमा कब्जा हुँदैन
पार्टी फुटाएर नयाँ गठनको विपक्षमा छु : शशांक कोइराला
भारत– श्रीलंका पहिलो टेष्ट : पहिलो दिन भारत बलियो अवस्थामा, देबदत्तको शतक
पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न