आईसीसी टी–२० विश्वकप : इटलीविरुद्ध नेपाल टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल 

काठमाडौं । आईसीसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ । इटलीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेसँगै नेपालले पहिले ब्याटिङ गर्ने भएको हो ।

पहिलो खेलमा बलियो टोलि इंग्ल्यान्डसँग बहादुरीपूर्ण प्रदर्शन गरेको नेपालले आजको खेलका लागि एक परिवर्तन गरेको छ । शेर मल्लको स्थानमा ललित राजवंशी टोलीमा आएका छन् । नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग हार बेहोरेको थियो । इटली पनि पहिलो खेलमा स्कटलयान्डसँग पराजित भएको थियो । दुवै टोली आज पहिलो जितको खोजीमा छन् ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, लोकेश बम, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार