
काठमाडौं । नेपालले साफ वुमन्स च्याम्पियनसिप २०२४ मा माल्दिभ्स विरुद्ध गोलको वर्षा गरेको छ । आज भएको खेलमा नेपालले माल्दिभ्सको पोष्टमा ११ गोल गरेको हो ।
नेपाललाई ११–० को फराकिलो जित दिलाउने क्रममा रेखा पौडेलले ५ गोल गरिन भने प्रीति राइले पनि ह्याट्रिक पुरा गरिन् । त्यस्तै सविता राना मगर, अनिता केसी र अमिसा कार्कीले १–१ गोल गरिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले सुरुवात देखिनै माल्दिभ्स माथि दबाब बनाएको थियो ।
यो नेपालको पहिलो जित हो । यो जतिपछि नेपाल दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह बी मा शीर्ष स्थानमा उक्लेको छ । दुई खेलबाट समान ४ अंक भएपनि भुटान गोल अन्तरमा पछि छ । श्रीलंकाको ३ अंक छ । लगातार दुई खेल हारेपछि माल्दिभ्सको सेमिफाइनल पुग्ने सम्भावना सकिएको छ ।
नेपाली टोलीले पहिलो हाफमा चार गोल गरेको थियो भने दोस्रो हाफमा ७ गोल गर्न सफल भयो । पहिलो हाफमा रेखा पौडेलले दुई तथा प्रीति राई र सविता राना मगरले एक–एक गोल गरेपछि नेपालले ४–० को अग्रता बनाएको थियो ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै