बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गरेको छ । निगमले सार्वजनिक गरेको नयाँ मूल्य अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेको हो ।

पेट्रोलको मूल्यमा एक रुपैयाँ र डिजेल÷मट्टीतेलमा ३ रुपैयाँले वृद्धि भएको नेपाल आयल निगले जनाएको छ । नयाँ मूल्य सूची सोमबार राति १२ बजेपछि लागु हुने जनाइएको छ । निगमका अनुसार अब पेट्रोल पहिलो वर्गमा १५४ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १६५ रुपैयाँ र तेस्रो वर्गमा १५७ रुपैयाँ पुगेको छ ।

त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गमा १३९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १४१ रुपैयाँ र तेस्रो वर्गमा १४२ रुपैयाँ पुगेको छ ।  पहिले वर्गमा चारआली, विराटनगर, जनकपुर,अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज, दोस्रो वर्गमा सुर्खेत र दाङ्ग तथा तेस्रो वर्गमा काठमाडौं, पोखरा र दिपायल पर्छन ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार