काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रद निष्काशन प्रयोजनका लागि फागुन १७ गते बुक क्लोज गर्दैछ ।
यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम हुने शेयरधनीहरु मात्रै कम्पनीको हकप्रद खरिदका लागि योग्य ठहरिनेछन् । कम्पनीले १००ः१० अनुपातमा हकप्रद निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले २३ करोड १० लाख रुपैयाँ बराबरको रु. १०० अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।
हकप्रद निष्काशनका लागि नेपाल धितोपत्र बोर्डले कम्पनीलाई माघ २७ गते अनुमति दिएको थियो । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।