
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७४ र नियमावली, २०७६ उल्लङ्घन गरेको भन्दै नौ वटा संस्था तथा फर्ममाथि जरिवाना र निर्देशनात्मक कारबाही गरेको छ। अनुगमनमा बुटवल उपमहानगरपालिका–११ मा रहेको श्रीराम टोबाको उद्योग प्रालिमाथि तीन लाख रुपैयाँ जरिवाना गरिएको छ। ललितपुर महानगरपालिका–०२ मा सञ्चालित एस.भी.एल. प्रोफेशनल प्रालिमाथि दुई लाख पाँच हजार रुपैयाँ जरिवाना लगाइएको विभागले जनाएको छ।
अन्य सात वटा फर्महरूलाई आवश्यक कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। ती फर्महरूमा केश नेपाल, एस.एस. एजुकेशन सलुसन सर्भिस, द नेक्स्ट एजुकेशन कन्सल्टेन्सी, राहुल ट्रेड लिंक्स, अक्सव्रिज फाउन्डेशन फर ग्लोबल स्टडिज, प्यासिफिक एजुकेशन कन्सल्टेन्सी प्वाइन्ट, र पशुपतिनाथ इन्टरनेशनल बिजनेस प्रालि परेका छन्।
यीमध्ये प्यासिफिक एजुकेशन कन्सल्टेन्सी प्वाइन्ट र पशुपतिनाथ इन्टरनेशनल बिजनेसलाई सामान्य निर्देशन दिइएको छ। विभागले अनुगमनका क्रममा ऐनको दफा २९ र ३९ उल्लङ्घन गरिएको फेला परेको जनाउँदै सोही आधारमा कारबाही गरिएको स्पष्ट पारेको छ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह