काठमाडौं । साविक विजेता भारतले टि ट्वान्टी विश्वकपको सेमिफाइनल पुग्ने आशा कायम राख्ने क्रममा जिम्बावेलाई ७२ रनले हराएको छ।चेन्नईमा भएको खेलमा भारतको जितपछि जिम्बावे प्रतियोगिताबाट बाहिरिएको छ ।
पहिले ब्याटिङ गरेको भारतले ४ विकेट गुमाएर २५६ रनको विशाल योगफल बनायो। यो टि ट्वान्टी विश्वकप इतिहासकै दोस्रो ठूलो स्कोर हो। भारतका लागि अभिषेक शर्माले ५५ रन बनाए। हार्दिक पाण्ड्या ले २३ बलमा नटआउट ५० रनकाे अर्धशतकीय पारी खेले । त्यस्तै तिलक वर्माले ४४ रन जोडे। सन्जु सामासनले २४, इशान किसनले ३८ र कप्तान सूर्यकुमार यादवले ३३ रन बनाए ।
२५७ रनको लक्ष्य पछ्याएको जिम्बावे ६ विकेटको क्षतिमा १ ८४ रन बनाउन सक्यो। टोलीका लागि ब्रायन बेनेटले उत्कृष्ट प्रदर्शन गर्दै ९७ रन बनाए। सिकन्दर राजाले ३१ रन बनाए। तर अन्य ब्याटरले राम्रो साथ दिन सकेनन्। भारतका अर्शदीप सिंहले ३ विकेट लिए।
यो जितसँगै भारतले सेमिफाइनल पुग्ने सम्भावना जीवित राखेको छ। अब भारतले कोलकातामा हुने खेलमा वेस्ट इन्डिजलाई हराए अन्तिम चारमा स्थान बनाउनेछ।
दक्षिण अफ्रिका सेमिफाइनलमा
कप्तान एडेन मार्करामले नटआउट ८२ रन बनाएपछि दक्षिण अफ्रिकाले टि ट्वान्टी विश्वकपको सुपर एटमा वेस्ट इन्डिजलाई ९ विकेटले हराउँदै समेफाइनमा पुगेकाे छ ।