मध्यपूर्वको लडाँइका कारण सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ? 

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । मध्यपूर्वमा देखिएको लडाँइका कारण अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढ्दा नेपाली बजारमा पनि सुनचाँदीको मूल्यमा वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ५ हजार ६०० रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो । महासंघका अनुसार आज सुन तोलाको ३ लाख २६ हजार १०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख २० हजार ५०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य ३५ रुपैयाँले बढेर ६ हजार २० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार ९८५ रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार