काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुन तोलाको ११ हजार रुपैयाँ र चाँदीको मूल्य २७५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ३ लाख १७ हजार ६०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा ३ लाख २८ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य २७५ रुपैयाँले घटेर ५ हजार ५४० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मुल्य ५ हजार ८१५ रुपैयाँ रहेको थियो ।