
काठमाडौं । दि निलय होटल्स लिमिटेडले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ प्रस्ताव सहित चैत १३ गतेका लागि धादिङको थाक्रे गाउँपालिका–८ स्थित आफ्नै कार्यालयमा बिहान ११ बजे पहिलो वार्षिक साधारणसभा बोलाएको हो ।
उक्त साधारणसभाले कम्पनीको सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको सञ्चालक समितिबाट भए गरेका काम कारबाही अनुमोदन गर्ने र लगानी तथा स्रोत जुटाउन आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, गत असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।












समाचार
प्रधानमन्त्री बालेनले लिए सुनसरी घटनाको विस्तृत ब्रिफिङ
मन्त्री चौधरीको पहलमा देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन
सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक
सेयर बजारको गिरावटमा लागेन ब्रेक, परिसूचक ७ अंकले घट्दा ४ अर्बको कारोबार
विदेशी मुद्राको सञ्चिति साढे ३७ खर्ब माथि, १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
चालु खाता ८०२ अर्ब एवम् शोधनान्तर स्थिति ९२६ अर्बले बचतमा
रेमिट्यान्स आप्रवाह ३८ प्रतिशतले बढ्यो, ११ महिनामा २१ खर्ब बढी भित्रियो
सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए
भौतिक विकासको पर्खाइमा पलगडी गाउँ
नारायणी यातायातले नयाँ एम्बुलेन्स खरिद गर्ने