
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ३ हजार ४१ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरमा हाल बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । उक्त सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले लाई ३५ दिन भित्र आवेदन दिनु पर्ने छ । उक्त सेयर खरीद गर्न इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले आगामी ३५ दिन भित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बैंकको सेयर रजिष्ट्रार) वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ । सेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।
तोकिएको समयसीमा भित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सो सेयर खरीदका लागि आवेदन नपरेको खण्डमा संस्थापकभन्दा बाहिर अर्थात सर्वसाधारणलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने पनि बैंकले स्पष्ट पारेको छ ।













समाचार
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
दुई महिनामामा श्रम स्वीकृति लिनेकाे संख्या १ लाख बढी
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया