
काठमाडौं । अर्थ मन्त्रालयले जेन–जी आन्दोलनपछि स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. १० हजारभन्दा बढी योगदान गर्ने व्यक्ति तथा संस्थालाई धन्यवाद ज्ञापन प्रमाणपत्र लिन सम्पर्क गर्न आग्रह गरेको छ।
मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै २०८२ भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी भौतिक संरचनाको पुनर्निर्माण, मर्मत–सम्भार, आर्थिक पुनरुत्थान, राहत तथा पुनर्स्थापनाका लागि स्थापना गरिएको उक्त कोषमा योगदान गर्ने दाताका नाममा नेपाल सरकारका तर्फबाट अर्थमन्त्रीद्वारा हस्ताक्षरित धन्यवाद प्रमाणपत्र तयार भइसकेको जनाएको हो।
तर, सम्बन्धित व्यक्ति वा संस्थाको स्पष्ट ठेगाना तथा सम्पर्क नम्बर उपलब्ध नभएकाले प्रमाणपत्र वितरण गर्न नसकिएको मन्त्रालयले उल्लेख गरेको छ।
यसैलाई मध्यनजर गर्दै मन्त्रालयले रु. १० हजारभन्दा बढी योगदान गरेका सबै व्यक्ति तथा संस्थालाई सिंहदरबारस्थित अर्थ मन्त्रालयको जिन्सी शाखामा सम्पर्क गरी आफ्नो प्रमाणपत्र प्राप्त गर्न अनुरोध गरेको छ।
थप जानकारीका लागि ०१–४२११३६१ वा ०१–४२११७७९ नम्बरमा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ।













समाचार
फिफा विश्वकप २०२६: आज राउन्ड अफ ३२ का अन्तिम ३ खेलहरू हुँदै
सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
एन्फा पदाधिकारीको विदेश यात्रा नरोक्न उच्च अदालत पाटनको अन्तरिम आदेश
बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त
सात वटा विश्वविद्यालयमा एकैचोटी उपकुलपति नियुक्त
जनताको आकांक्षा पूरा हुने गरी काम गर्न सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
उच्च प्रतिफल दिने क्षेत्रमा लगानी बढाउनुपर्छ : गभर्नर पौडेल
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा भोला थापा नियुक्त
आयल निगममा ओभरटाइम भत्ता कटौती गर्ने सरकारको तयारी
नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा सेबोनका नवनियुक्त अध्यक्षलाई बधाई तथा पुँजी बजार सम्बन्धित छलफल