काठमाडौं । यो साता नेप्से परिसूचक करिब साढे ४ प्रतिशत घटेको छ । गत साता २७४५ दशमलव ३६ विन्दुमा बन्द भएको नेप्से यो साता ४.३१ प्रतिशत अर्थात ११८ दशमलव २२ अंक घटेर २६२७ दशमलव १४ विन्दुमा झरेको हो ।
यो साता सेयर बजार ५ कारोबार दिनका लागि खुलेको थियो । जसमा ४ कारोबार दिन नेप्से घटेको थियो भने एक कारोबार दिन बढेको थियो । यस साता मंगलबार नेप्से परिसूचक करिब २६ अंक बढेको थियो । अन्य दिनहरुमा भने सेयर बजारमा उच्च अंकको गिरावट देखिएको थियो । जसले गर्दा समग्र साताभरमा बजार उच्च अंकले घटेर बन्द भयो ।
यस साता सेन्सेटिभ इण्डेक्स ४.२५ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स ४.५८ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.४६ प्रतिशत घटेको छ ।
नेप्से घटेपनि यो साता दैनिक औषत कारोबार रकममा भने केही सुधार देखिएको छ । यो साता गत साताको भन्दा दैनिक औषत कारोबार रकम बढेको हो । गत साता दैनिक औषतमा ५ अर्ब ३१ करोडको सेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औषतमा ५ अर्ब ९९ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १२.९१ प्रतिशत बढी हो ।
त्यस्तै, यो साता दैनिक औषत सेयर संख्या १५.०४ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १२.५९ प्रतिशत बढेको छ । नेप्सेसँगै यस साता कुल बजार पुँजीकरण पनि करिब साढे ४ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ६५ अर्ब रहेको नेप्सेको कुल बजार पुँजीकरण यो साता १ खर्ब ८७ अर्ब रुपैयाँ घटेर ४१ खर्ब ७७ अर्बमा झरेको छ ।
यो साता १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.७५ प्रतिशत घटेको छ भने बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ५.२७ प्रतिशत घटेको छ । गत साता १६०८ दशमलव २४ विन्दुमा बन्द भएको बैंकिङ्ग उपसमूहको परिसूचक, यस साता ८४ दशमलव ७८ अंक घटेर १५२३ दशमलव ४६ विन्दुमा झरेको छ ।
अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ६९१ दशमलव ७५ अंक घटेको छ । गत साता १३३७० दशमलव ८१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता घटेर १२६७९ दशमलव ०६ विन्दुमा झरेको छ ।
यस साता पिपुल्स हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक १९.२५ प्रतिशत बढेको छ । त्यस्तै, यस साता कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरमूल्य करिब १४ प्रतिशत बढेको छ भने समृद्धि फाइनान्सको सेयरमूल्य साढे ११ प्रतिशत बढेको छ । कारोबारमा आएको इष्टर्न हाइड्रोपावरको सेयरमूल्य यस साता सर्वाधिक १५.७१ प्रतिशत घटेको छ । त्यसैगरी, यस साता गुडविल फाइनान्सको सेयरमूल्य करिब साढे १५ प्रतिशत बढेको छ भने एनआईसी एशिया बैंकको सेयरमूल्य १० प्रतिशतभन्दा बढी घटेको छ ।













समाचार
अर्थमन्त्रालयको एक्सन पछि सेयर बजारमा उछाल, परिसूचक ४८ अंकले बढ्दा ८ अर्ब माथिको कारोबार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै