देशभर रास्वपाको लहर चल्दा पनि जुम्लामा पूर्व सांसद विनिता कठायतको जमानत जफत

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशभरको मत परिणाम आउने क्रम जारी रहेको छ । देश भर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लहर चलिरहेको अवस्थामा एकमात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा रास्वपाकी उम्मेदवार तथा पूर्व समानुपातिक सांसद विनिता कठायतले जमानत समेत जोगाउन सकिनन् ।

अघिल्लो पटक समानुपातिक सांसद भएकी कठायतले यो पटक प्रत्यक्षमा जम्मा ४२१ मत मात्रै प्राप्त गरेपछि उनको जमानत जफत भएको छ । जुम्लामा यसपटक पनि राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ज्ञानेन्द्र शाही विजयी भएका छन् । शाहीको जितसँगै राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा पहिलो जित निकालेको छ ।

रास्वपाकी उम्मेदवार कठायतले हजार मत पनि कटाउन नसकेपछि निर्वाचन आयोगको व्यवस्थाअनुसार उनको जमानत जफत भएको हो ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार