
संखुवासभा । जिल्ला कारागार खाँदबारीका दुई कैदीबन्दीमा क्षयरोग (टिबी)को सङ्क्रमण भेटिएको छ । कारागारमा क्षयरोगको सङ्क्रमण थप फैलिन नदिनका लागि सचेतना तथा स्वास्थय शिविर सञ्चालन गरिएको छ ।
कारागारका कैदीबन्दीमा क्षयरोग (टिबी) को सङ्क्रमण भएको जिल्ला कारागारका अहेव उर्मिला राउतले पुष्टि गरिन् । राउतका अनुसार क्षयरोग (टिबी) को सङ्क्रमण फैलन नदिन सुरक्षा सतर्कता अपनाइएको छ । कारागारमा रहेका अन्य कैदीबन्दीमा सङ्क्रमण फैलन नदिन जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा आज ८१ कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको अहेव राउतले बताइन् ।
दुई जनाको सम्पर्कमा रहेका अन्य कैदीबन्दीमा समेत क्षयरोग (टिबी) को सङ्क्रमणको लक्षण देखापर्न थालेपछि एउटा ब्लकभित्रका ८१ जनाको स्वास्थ्य परीक्षण गरिएको उनको भनाइ छ । आज स्वास्थ्य परीक्षण गरिएका कैदीबन्दीको रिपोर्ट आउन केही दिन लाग्ने अहेव राउतले बताइन् । क्षयरोग सङ्क्रमण देखिएका बिरामीले नियमित औषधी सेवन गरिरहेका छन् । जिल्ला कारागार खाँदबारीमा ५५ जना क्षमताभन्दा तीन गुणा कैदीबन्दी राख्दा समस्या भएको छ । जिल्ला कारागारमा १३१ पुरुष, नौ महिला कैदीबन्दी र दुई आश्रित बालबालिका रहेको जिल्ला कारागारका प्रमुख जेलर तुलसी पौडेलले जानकारी दिए ।













समाचार
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह
एभरेष्टट करलको सेयर मूल्यमा २७ प्रतिशतको वृद्धि
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
सातामा करिब साढे १ प्रतिशत घट्यो नेप्से, औषत कारोबार ४ अर्ब २९ करोड
झापामा राष्ट्रिय परिचयपत्रमार्फत नयाँ मतदाता थप
सुनको मूल्य एक हप्तामै १२ हजार ९०० रुपैयाँले बढ्यो, तोलाको कतिमा भइरहेको छ कारोबार ?
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना