
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्बोधनपछि तेलको मूल्यवृद्धि भएको छ । इरानमा जारी युद्धबारे ह्वाइट हाउसमा गरेको सम्बोधन पछि तेलको मूल्य वृद्धि भएको हो ।
झण्डै १०० डलर प्रति ब्यारेल रहेको बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्यमा ट्रम्पको भाषणकै दौरान उतार–चढाव आएको बीबीसीले जनाएको छ । सम्बोधन सकिएसँगै तेलको मूल्यमा वृद्धि भएको समाचारमा उल्लेख छ । बीबीसीका बेन्चमार्क ब्रेन्ट क्रुडको मूल्यमा चार प्रतिशतको बढोत्तरी भएर १०५.३८ डलर पुगेको छ । ट्रम्पले होर्मुज स्ट्रेटबारे केही घोषणा गर्न सक्ने अनुमान गरिएको थियो । तर, उनले होर्मुज स्ट्रेटबारे कुनै ‘अपडेट’ नदिएपछि तेलको मूल्यमा बढोत्तरी देखिएको बताइएको छ ।
होर्मुज वैश्विक अर्थव्यवस्थाका अत्यन्तै अहम मानिन्छ । विश्वमा झण्डै २० प्रतिशत ऊर्जा व्यापार यही समुद्री बाटो भएर हुने गरेको छ । २८ फेब्रुअरीमा युद्ध सुरू भएपछि यो मार्ग लगभग बन्द छ । इरानले अमेरिकी– इजरायली हवाई हमलाको जवाफामा होर्मुज स्ट्रेट भएर आवतजावत गर्ने जहाजमा हमला गर्ने चेतावनी दिएको छ ।













समाचार
नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित
नेपाल ‘ए’ ‘टस’ जितेर न्युजिल्यान्ड विरुद्ध ‘ब्याटिङ’ गर्दै
ह्यालान्डको गोलमा सिटीको जित
कोरिडोर केन्द्रित कृषि उत्पादन कार्यक्रम
सुखद खबरको पर्खाइमा परिवार
किभमा तीन दिन हवाई आक्रमण रोक्न पुटिनको आदेश
भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता
‘मातृत्व जोगाउने अभियान’ : टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण
भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन
कास्कीमा प्रहरी कार्यालयबाट डीएनए संकलन