काठमाडौं । नेपाली बजारमा आजको सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन बढेको सुनचाँदीको मूल्य आज घटेको हो ।
आज सुन तोलाको ३ हजार ६०० रुपैयाँ र चाँदी १६५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ लाख ९४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ९७ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य १६५ रुपैयाँले घटेर ४ हजार ७८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ९४५ रुपैयाँ रहेको थियो ।