
काठमाडौं । स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज चैत १९ गते बिहान आईपीओ बाँडफाँड गरेको हो ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत ९ गतेदेखि चैत १२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९३ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो । बिक्री अवधिभर ८२ हजार १०६ जनाबाट आवेदन परेकोमा ८२ हजार ८५ जनाको आवेदन मात्रै स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।
यसरी मागभन्दा बढी मात्रामा आवेदन परेपछि गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको हो । बाँडफाँडमा ९ हजार ३७५ जना आवेदकले १०÷१० कित्ताका दरले शेयर पाएका छन् भने बाँकि सबै आवेदकको हात रित्तिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार
नेपाली पर्वतारोहीको उद्धारका लागि परराष्ट्र मन्त्रालयद्वारा पाकिस्तानसँग समन्वय