
काठमाडौं । इन्डोनेसियाको पूर्वी क्षेत्रमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार मोलुक्का सागर क्षेत्रमा आएको उक्त भूकम्पको तीव्रता ७.४ म्याग्निच्युड मापन गरिएको छ।
स्थानीय समयअनुसार बिहान ६ः४८ बजे गएको भूकम्पको केन्द्र इन्डोनेसियाको उत्तर मालुकु प्रान्तस्थित तेरनाते शहरबाट करिब १२० देखि १२७ किलोमिटर दूरीमा रहेको जनाइएको छ। तेरनाते सानो भए पनि घना बस्ती भएको द्वीप क्षेत्र हो त्यहाँ दुई लाखभन्दा बढी जनसंख्या रहेको बताइएको छ।
भूकम्पपछि हवाईस्थित सुनामी चेतावनी प्रणालीले केन्द्रबिन्दुबाट करिब एक हजार किलोमिटरको दायराभित्र रहेका तटीय क्षेत्रमा खतरनाक समुद्री छाल उठ्न सक्ने चेतावनी जारी गरेको छ। चेतावनी इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका केही समुद्री तटीय क्षेत्रमा लागू हुन सक्ने बताइएको छ।
भूकम्पको धक्का उत्तर सुलावेसीसहित आसपासका विभिन्न क्षेत्रमा महसुस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। इन्डोनेसिया प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा पर्ने भएकाले त्यहाँ बारम्बार भूकम्प र ज्वालामुखी आउने गर्छ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम